ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि ११ जलविद्युत् आयोजनामा ४८४ जना सुरुङभित्र फसेको दाबी


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ३५   बजे

काठमाडौं । भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत् गृहभित्र ४८४ जना फसिरहेको व्यवसायीहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीका अनुसार सरकारी, निजी तथा विदेशी लगानीमा निर्माण सम्पन्न भएका र निर्माणाधीन ११ जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत् गृहभित्र ४८४ जना फसेका छन् । प्राप्त विवरणअनुसार सबैभन्दा बढी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र तीन सय जना अड्किएका छन् । कोरियाली लगानीमा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको उक्त आयोजनामा कार्यरत ५५७ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा १२२ जना, माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना, रसुवागढीमा १२ जना र चिलिमे जलविद्युत् आयोजनामा आठ जना फसेका छन् । इप्पानका अनुसार ११ वटा आयोजनाबाट सम्पर्कविहीन हुनेको संख्या ९८३ पुगेको छ । जसमध्ये रसुवाका ६ जलविद्युत् आयोजनाबाट ७१० जना र नुवाकोटका पाँच आयोजनाबाट २७३ जना सम्पर्कविहीन रहेको जनाइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

सम्बन्धित

बाढीपीडितका लागि राहत कोषमा ७ अर्बभन्दा बढी जम्मा : प्रधानमन्त्री शाह

भोटेकोसी बाढीपीडितका लागि कैलाली उद्योग वाणिज्य संघले साढे पाँच लाख सहयोग गर्ने

भोटेकोसी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख सहयोग

भारतबाट पाँचौँ खेपमा ५.५ टन राहत सामग्री र ११ सदस्यीय उद्धार टोली नेपाल आइपुग्यो

सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो

५ दिनमा १६ हजार रुपैयाँ घटेको सुनको मूल्यमा आज पनि पहिरो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu