ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से १५ अंकले बढ्यो, कारोबार रकम पनि सुधारियो


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ३ : ३५   बजे

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार (भदौ १७ गते) नेप्से परिसूचक १५.४४ अंक अर्थात् ०.६१ प्रतिशतले बढेर २,५३८.११ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २,५२२.६६ विन्दुमा पुगेको थियो । बुधबार कुल २ अर्ब ९३ करोड ६५ लाख ६० हजार १६७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन २ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन ७२ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ५३१ पटक कारोबार भएको छ । कुल ३५४ कम्पनीको सेयर कारोबार हुँदा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबार सबैभन्दा बढी कमाउने तीन कम्पनीमा अप्पर लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै, सबैभन्दा बढी गुमाउनेमा एनएमबी बोन्ड, आरबीबी म्युचुअल फन्ड र कुथेली बुखरी स्मल हाइड्रोपावर रहेका छन् । उपसमूहतर्फ म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको सेयर मूल्य घटेको छ भने बाँकी सबै उपसमूहको सेयर मूल्य बढेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

सम्बन्धित

भोटेकोसी बाढीपछि ११ जलविद्युत् आयोजनामा ४८४ जना सुरुङभित्र फसेको दाबी

बाढीपीडितका लागि राहत कोषमा ७ अर्बभन्दा बढी जम्मा : प्रधानमन्त्री शाह

भोटेकोसी बाढीपीडितका लागि कैलाली उद्योग वाणिज्य संघले साढे पाँच लाख सहयोग गर्ने

भोटेकोसी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख सहयोग

भारतबाट पाँचौँ खेपमा ५.५ टन राहत सामग्री र ११ सदस्यीय उद्धार टोली नेपाल आइपुग्यो

सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu