ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्धारमा सरकारको ढिलाइप्रति संसद्मा शाहीको प्रश्न


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ४ : ५५   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले देशका विभिन्न भागमा आएको विनाशकारी विपद्पछि सरकारले चालेका कदम र उद्धार प्रक्रियामा गम्भीर त्रुटि रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले रसुवालगायतका क्षेत्रमा बेपत्ता भएका नागरिकको उद्धारमा राज्य संयन्त्र निकै ढिलो परिचालन भएको आरोप लगाए। बाढी आएको दिन आफूले गृह मन्त्रालय पुगेर सुरुङभित्र मानिस फसेको जानकारी फोन नम्बरसहित गराउँदा पनि सुनुवाइ नभएको उनको गुनासो थियो। अनुगमन टोली ७२ घण्टापछि र उद्धार टोली ९६ घण्टापछि मात्र पुगेको भन्दै शाहीले सरकारको तत्परतामाथि प्रश्न उठाए। स्थानीय तहका जनप्रतिनिधिसमेत बेपत्ता भएको र कतिपयले सरकारले समन्वय नगरेको भन्दै सन्देश पठाइरहेको अवस्थामा केन्द्र सरकारले स्थानीय तहलाई उचित रूपमा परिचालन गर्न नसकेको उनको आरोप थियो। सुरुङभित्र पसेको लेदो निकाल्ने प्रविधि विश्वभर उपलब्ध रहेको दाबी गर्दै शाहीले प्रधानमन्त्री वालेन्द्र शाहको ‘संसारमै त्यस्तो प्रविधि छैन’ भन्ने भनाइको खण्डन गरे। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा मात्र नभई संसारमै सुरुङ र हिलो निकाल्ने प्रविधि नभएको बताएका थिए। सुरुङभित्रको ‘पावर हाउस’ क्षेत्रमा अक्सिजन र स्थान हुने भएकाले त्यहाँ अझै मानिस जीवित हुनसक्ने सम्भावना रहेको भन्दै शाहीले उद्धार कार्य नरोक्न आग्रह गरे। हालै जुम्लाका पाँच जना श्रमिक सुरुङबाट जीवितै बाहिर निस्कन सफल भएको उदाहरण दिँदै उनले सुरुङभित्र अझै धेरैको सास बाँकी हुनसक्ने बताए। सुरक्षाकर्मीहरूले स्रोतसाधनको अभावमा समेत ज्यान जोखिममा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले मौखिक प्रशंसा मात्र पर्याप्त नहुने बताए। सुरक्षाकर्मी र निजामती कर्मचारीको सेवा सर्त तथा जोखिम फरक हुने भएकाले सोहीअनुसार सुविधा व्यवस्था गर्न उनले मन्त्रिपरिषद्लाई आग्रह गरे। शाहीले नेपालमा आएको विपद्लाई जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गर्दै धनी राष्ट्रहरूले गरेको कार्बन उत्सर्जनको मूल्य नेपाली जनताले चुकाउनुपरेको बताए। नेपालले अब अन्तर्राष्ट्रिय समुदायसँग भिख माग्ने नभई अधिकारका रूपमा क्षतिपूर्ति दाबी गर्नुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म जानुपर्ने उनको सुझाव थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

त्रिशूली–३ ‘ए’को सुरुङका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

सम्बन्धित

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसीटीभी जडान

नासाको नयाँ ‘रोमन’ स्पेस टेलिस्कोप अन्तरिक्षमा, खोज्नेछ ब्रह्माण्डका गहिरा रहस्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu