काठमाडौं । भोटेकोसी–त्रिशूली बाढीबाट पीडितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउ पुर्याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
जगदम्बाले बाढी प्रभावित क्षेत्रमा पछि हुने पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्रीहरू छुटमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्