काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्षले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ३ करोड ५१ लाख रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
यसैगरी, बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि थप १० लाख रुपैयाँ बराबरको राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ।
अचानक आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण धेरै परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनाहरूमा समेत क्षति पुगेको छ।
कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिन सहयोग गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार उक्त सहयोगबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनर्स्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्