ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरुङमा १ हजार ५०० नेपाली, १७६ ट्रक तथा कन्टेनर रोकिए


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ५ : ०५   बजे

काठमाडौं । परराष्ट्र मन्त्रालयले चीनको तिब्बतस्थित केरुङमा करिब १ हजार ५०० नेपाली नागरिक रहेको जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले केरुङमा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन चिनियाँ पक्षसँग समन्वय भइरहेको जानकारी दिए।

‘हाल करिब १५ सय जना नेपाली नागरिकहरू केरुङमा रहेका छन् र छिट्टै फर्कन चाहनेहरूका लागि हामी चिनियाँ पक्षसँग समन्वय गरिरहेका छौँ,’ उनले भने।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण नेपाल–चीन सीमाक्षेत्रको आवागमन प्रभावित भएपछि ठूलो संख्यामा नेपाली नागरिक केरुङमा रोकिएका हुन्।

मन्त्रालयका अनुसार केरुङमा नेपालीका १७६ वटा ट्रक तथा कन्टेनरसमेत रोकिएका छन्। ती ट्रक तथा कन्टेनरलाई उपयुक्त सीमा नाकाबाट नेपालतर्फ ल्याउन चिनियाँ अधिकारीहरूसँग समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताए।

‘केरुङमा रहेका १७६ वटा नेपाली ट्रक तथा कन्टेनरहरूको हकमा, तिनलाई उपयुक्त सीमा नाकाबाट डाइभर्ट गराउनका लागि हामी चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेका छौँ,’ उनले भने।

प्रवक्ता क्षेत्रीले भदौ १० गते बाढी आएपछि चिनियाँ क्षेत्रतर्फ करिब १०० नेपाली नागरिक सम्पर्कविहीन भएको जानकारीसमेत दिए।

भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति भएपछि सीमा क्षेत्रको आवागमन तथा उद्धार कार्यसमेत प्रभावित भएको छ। परराष्ट्र मन्त्रालयले प्रभावित नेपाली तथा विदेशी नागरिकको उद्धार, घरफिर्ती र आवश्यक समन्वयका लागि निरन्तर काम भइरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

त्रिशूली–३ ‘ए’को सुरुङका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

सम्बन्धित

ऊर्जा क्षेत्रबाट विपद् कोषमा थप २ करोड १२ लाख सहयोग

बाढीमा कागजात गुमाएका ग्राहकलाई हस्ताक्षर र फोटोका आधारमा बैंकिङ सेवा दिन निर्देशन

नेप्से १५ अंकले बढ्यो, कारोबार रकम पनि सुधारियो

भोटेकोसी बाढीपछि ११ जलविद्युत् आयोजनामा ४८४ जना सुरुङभित्र फसेको दाबी

बाढीपीडितका लागि राहत कोषमा ७ अर्बभन्दा बढी जम्मा : प्रधानमन्त्री शाह

भोटेकोसी बाढीपीडितका लागि कैलाली उद्योग वाणिज्य संघले साढे पाँच लाख सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu