ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीमा कागजात गुमाएका ग्राहकलाई हस्ताक्षर र फोटोका आधारमा बैंकिङ सेवा दिन निर्देशन


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ५ : ०५   बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट बैंकिङ कारोबारका आवश्यक कागजात गुमाएका ग्राहकलाई हस्ताक्षर नमुना, फोटो तथा बैंकमा उपलब्ध अन्य विवरणका आधारमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

प्राकृतिक विपद्का कारण चेक, कार्ड, मोबाइल तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकलाई विषम परिस्थितिमा समेत वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न केन्द्रीय बैंकले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थालाई प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न भनेको छ।

केन्द्रीय बैंकका अनुसार कागजात गुमाएका ग्राहकको पहिचान संस्थामा सुरक्षित रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा यकिन गरी वित्तीय सेवा उपलब्ध गराउनुपर्नेछ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई बैंकिङ सेवाबाट वञ्चित हुन नदिन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा बैंकिङ कारोबारसमेत प्रभावित भएपछि राष्ट्र बैंकले सेवा निरन्तरता र पहुँच सहज बनाउन यस्तो निर्देशन दिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

त्रिशूली–३ ‘ए’को सुरुङका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

सम्बन्धित

ऊर्जा क्षेत्रबाट विपद् कोषमा थप २ करोड १२ लाख सहयोग

केरुङमा १ हजार ५०० नेपाली, १७६ ट्रक तथा कन्टेनर रोकिए

नेप्से १५ अंकले बढ्यो, कारोबार रकम पनि सुधारियो

भोटेकोसी बाढीपछि ११ जलविद्युत् आयोजनामा ४८४ जना सुरुङभित्र फसेको दाबी

बाढीपीडितका लागि राहत कोषमा ७ अर्बभन्दा बढी जम्मा : प्रधानमन्त्री शाह

भोटेकोसी बाढीपीडितका लागि कैलाली उद्योग वाणिज्य संघले साढे पाँच लाख सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu