ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीः मृतक प्रहरी परिवारलाई १० लाख, सन्तानलाई निःशुल्क शिक्षा


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ४५   बजे

काठमाडौं / रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रहरी समन्वय समितिको बैठकले मृतक प्रहरीका परिवारलाई राहतसँगै अन्य सहयोगका कार्यक्रमसमेत अघि बढाउने निर्णय गरेको हो।

निर्णयअनुसार मृतक प्रहरीका सन्ततिलाई प्रहरी आवासीय विद्यालयमा शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइनेछ। इच्छुक परिवारका एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि पनि पहल गरिने भएको छ।

त्यस्तै, दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय भएको छ।

बाढी प्रभावित प्रहरी इकाइमा कार्यरत कर्मचारीका व्यक्तिगत सामग्री क्षति भएबापत जनही ५० हजार रुपैयाँ राहत दिने निर्णयसमेत गरिएको छ।

बाढीमा परी अझै सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीलाई प्रभावकारी बनाउन विशेषज्ञ टोली परिचालन गरिने भएको छ। खोजीका क्रममा परिवारसँग निरन्तर समन्वय गरिने प्रहरीले जनाएको छ।

घाइते प्रहरी कर्मचारीको उपचारमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि बैठकले जनाएको छ।

नेपाल प्रहरीले राष्ट्रिय विपद्का बेला सरकारलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। यो रकम पनि प्रहरी कर्मचारीको योगदानबाट संकलन गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा हालसम्म ३ जना प्रहरीको शव फेला परेको छ भने २५ जना प्रहरी अझै सम्पर्कविहीन छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

 राहत बाँड्ने राज्य होइन, जोखिम घटाउने र नागरिकलाई सुरक्षित बनाउने राज्य चाहिन्छ

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रोहित गुप्तालाई २ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

दश मुख्य राजमार्ग अवरुद्ध

जापानबाट भोटेकोशी बाढीपीडितका लागि पहिलो चरणको राहत सामग्री नेपाल आइपुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu