काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
नगद सहयोगसँगै बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीसमेत विपद् प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकको भनाइ छ।
बैंकले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्