ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डीएनए परीक्षण र शव पहिचानमा सघाउन सिंगापुरको टोली नेपालमा


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको शव पहिचान तथा व्यवस्थापनमा सघाउन सिंगापुरको विपद् पीडित पहिचान टोली नेपाल आइपुगेको छ।

भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा शव पहिचानका लागि विभिन्न मुलुकका फरेन्सिक टोली नेपाल आएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार सिंगापुरबाट डीएनए परीक्षण उपकरणसहित थप १३ जना सदस्य बुधबार नेपाल आएका हुन्। यससँगै सिंगापुरको ‘डिजास्टर भिक्टिम आइडेन्टीफिकेसन’ टोलीको सहभागिता थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रवक्ता क्षेत्रीका अनुसार बिहीबार उच्च क्षमताका ड्रोन तथा अन्य प्राविधिक सामग्रीसहित थप सदस्यहरू पनि नेपाल आउनेछन्।

भोटेकोसी बाढीपछि भारतबाट आएको १९ सदस्यीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको सहकार्यमा डीएनए नमुना परीक्षण गरिरहेको छ। यस्तै, चीनबाट मंगलबार नेपाल आइपुगेको पाँच सदस्यीय विशेष फरेन्सिक टोलीले पनि डीएनए नमुनाको प्रशोधन तथा विश्लेषणमा नेपाल प्रहरीसँग मिलेर काम सुरु गरिसकेको छ।

दक्षिण कोरियाबाट आवश्यक उपकरण तथा औजारसहित आएको फरेन्सिक टोलीले समेत नेपालमा काम सुरु गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले नेपालभित्र तथा विश्वभर उपलब्ध विशेषज्ञता र स्रोत–साधनको अधिकतम उपयोग गर्दै खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले सम्भव भएसम्मका सबै प्रयास गरिरहेको बताएका छन्।

भोटेकोसी बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता तथा मृत्यु भएकाले शव पहिचान, डीएनए परीक्षण र परिवारलाई शव हस्तान्तरणको प्रक्रिया सरकारका लागि थप चुनौतीपूर्ण बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

जापानबाट भोटेकोशी बाढीपीडितका लागि पहिलो चरणको राहत सामग्री नेपाल आइपुग्यो

भारतबाट नेपालमा ११ सदस्यीय उद्धार टोली, ५.५ टन औषधि पठाइयो

भारतबाट पाँचौँ खेपमा ५.५ टन राहत सामग्री र ११ सदस्यीय उद्धार टोली नेपाल आइपुग्यो

भोटेकोसी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्यायो

भोटेकोसी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग, भारत–चीनसहित विभिन्न देशबाट राहत

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu