काठमाडौं । गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन भएको छ।
५५ वर्षीय उपाध्याय मंगलबार पर्साको वीरगन्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिरअगाडिको चौतारोमा अचेत अवस्थामा भेटिएका थिए।
अचेत अवस्थामा उपाध्यायलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पुर्याएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार अस्पताल पुर्याउँदा उपाध्याय अचेत अवस्थामा थिए। चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी गराएका थिए।
उपाध्यायको शव नारायणी अस्पतालमै राखिएको छ। उनको परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
उपाध्याय तनहुँको भानु नगरपालिका–१ भन्सारपुलका स्थायी बासिन्दा थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्