काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा श्रममन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक–२०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस गर्नेछन्।
कानुनमन्त्री सोविता गौतमले संयुक्त राष्ट्र संघीय महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पनि सदनमा पेस गर्ने कार्यसूची रहेको छ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार उक्त विषयहरू बिहीबारको सम्भावित कार्यसूचीमा समेटिएका छन्।
प्रतिनिधिसभाको बैठकमा समसामयिक राजनीतिक विषयसँगै विभिन्न विधेयक, अन्तर्राष्ट्रिय सम्झौता तथा सरकारका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्