ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिनुपर्छ : प्रचण्ड


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ३ : ४५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहले कसैको अनुहार हेर्न नचाहेको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोसी बाढीबारे बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारलाई सबैको साथ हुँदाहुँदै पनि प्रभावकारी रूपमा काम गर्न नसकेको जिकिर गरे। विपद्को समयमा सरकारको नेतृत्व संवेदनशील र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री शाह संसद्मा आएर बाढीबारे ब्रिफिङ दिएकोमा धन्यवाद दिँदै प्रचण्डले अन्य दल र सांसदका अनुभवलाई समेत महत्त्व दिनुपर्ने बताए। प्रधानमन्त्री शाहले आफ्नै दलका सांसदलाई समेत विश्वासमा लिन प्रयास नगरेको प्रचण्डको आरोप थियो। प्रधानमन्त्री शाह संसद्लाई सम्बोधन गरेपछि बाहिरिएको र अन्य सांसदको सम्बोधन नसुनेको विषयमा पनि प्रचण्डले प्रश्न उठाए। विपद्को समयमा सबै दल प्रधानमन्त्रीलाई सहयोग गर्न तयार रहेको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्री शाह भने एक्लै हिँड्न खोजेको जस्तो देखिएको बताए।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

भोटेकोसी बाढीसम्बन्धी विशेष प्रस्ताव संसद्बाट सर्वसम्मत पारित

विपद्मा आरोप–प्रत्यारोप नगरी उद्धार र राहतमा केन्द्रित हुनुपर्छ : शाही

प्रधानमन्त्रीको शासन शैलीमा गुणात्मक परिवर्तन आवश्यक छ : बादल

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu