ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको शासन शैलीमा गुणात्मक परिवर्तन आवश्यक छ : बादल


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ३ : ३५   बजे

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सामूहिक र संगठित प्रयासबाट मात्रै विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सकिने बताउनुभयो । वर्षेनी हुने बाढीपहिरोबाट हुने क्षति रोक्न र प्रभावकारी विपद् व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति हरेक वर्ष श्रद्धाञ्जली अर्पण गर्ने परम्परा मात्र निभाउनुभन्दा यो नियति बदल्ने दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । राज्यको प्रमुख नेतृत्वका रूपमा प्रधानमन्त्री शाहले आफ्नो ‘एकाङ्की शासन शैली’मा परिवर्तन गर्नुपर्ने थापाको तर्क थियो । सरकार संसद्प्रति पूर्णतः उत्तरदायी हुनुपर्ने र आफ्ना योजना तथा कामकारबाहीबारे संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो । विद्यमान सङ्कटको सामना राष्ट्रिय सहमतिबाट मात्रै सम्भव हुने उल्लेख गर्दै थापाले राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित बहुपक्षीय संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो । सरकारको कामकारबाहीमा सहजीकरण तथा निगरानी गर्न सभामुखमार्फत विशेष संसदीय समिति गठन गर्नुपर्ने प्रस्तावसमेत उहाँले अघि सार्नुभयो । विपद् व्यवस्थापनका लागि विभिन्न मन्त्रालयको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने उहाँको माग थियो । अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति र समन्वयका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा, युद्धस्तरमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न रक्षामन्त्रीको नेतृत्वमा र पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा छुट्टाछुट्टै विशेष कार्यदल (टास्क फोर्स) गठन गर्नुपर्ने थापाले बताउनुभयो । जलवायु परिवर्तनबाट सिर्जित सङ्कटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउन र आवश्यक रणनीति तय गर्न सरकारले ‘सगरमाथा संवाद’को दोस्रो संस्करण तत्काल अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिनुपर्छ : प्रचण्ड

भोटेकोसी बाढीसम्बन्धी विशेष प्रस्ताव संसद्बाट सर्वसम्मत पारित

विपद्मा आरोप–प्रत्यारोप नगरी उद्धार र राहतमा केन्द्रित हुनुपर्छ : शाही

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu