काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
विशेष प्रस्ताव पारित भएपछि बाढीमा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै सांसदहरूले एक मिनेट मौनधारण गरेका थिए। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गते रसुवामा आएको बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा सदनलाई जानकारी गराएका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्