ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली नदी किनारमा ७२ शव तथा मानव अंग फेला


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ३ : ३५   बजे

गोरखा । रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा मानव शरीरका अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बिहीबार दिउँसो १ बजेसम्म त्रिशूली नदी किनारका विभिन्न स्थानबाट ७२ वटा शव तथा मानव शरीरका अंग फेला परेका छन्।

फेला परेका शवमध्ये ५९ वटा व्यवस्थापन गरिएको, सात वटा प्रदेश अस्पताल गोरखामा राखिएको र पहिचान भएका चार वटा शव सम्बन्धित परिवारलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

त्रिशूली किनारमा खोज तथा संकलन तीव्र

बुधबार दिउँसोदेखि जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको टोली त्रिशूली नदी किनारमा परिचालन गरिएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार टोलीले विशेषगरी गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिका क्षेत्रका नदी किनारमा शव तथा मानव अंग खोज्ने, सुरक्षित रूपमा संकलन गर्ने र व्यवस्थापन गर्ने काम गरिरहेको छ।

प्रहरीका अनुसार गण्डकी गाउँपालिका–८ को धवादीघाट, वडा नं. ६ को भूम्लिचोक, वडा नं. १ को बुट्टार, वडा नं. ४ को ठेउवाटार र वडा नं. ७ को ज्यामिरेघाट क्षेत्रमा शव फेला परेका छन्।

त्यस्तै सहिद लखन गाउँपालिका–४ को सिलिङटारस्थित त्रिशूली नदी किनारबाट पनि शव फेला परेको प्रहरीले जनाएको छ।

पहिचान र अनुसन्धानको काम जारी

घटनापछि सम्बन्धित प्रहरी युनिटबाट खटिएका टोलीले नदी किनारमा फेला परेका शव तथा मानव शरीरका अंगलाई सुरक्षित रूपमा संकलन गरिरहेका छन्।

संकलित शवको पहिचान गर्ने, सम्बन्धित परिवारसँग समन्वय गर्ने तथा घटनासँग सम्बन्धित थप विवरण संकलन र अनुसन्धान गर्ने कामसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

त्रिशूली नदीमा बाढीका कारण ठूलो मानवीय क्षति भएपछि नदीको तल्लो तटीय क्षेत्रमा समेत शव तथा मानव अंग भेटिने क्रम जारी रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप नेपाल आइपुग्यो

भोटेकोसी विपद्मा ऐक्यबद्धता जनाउने दललाई रवि लामिछानेको धन्यवाद

सम्बन्धित

रसुवा भोटेकोसी बाढी प्रतिकार्यका लागि काठमाडौँ स्काउटलाई उद्धार सामग्री

इसाई समाज बागलुङद्वारा भोटेकोशी बाढीपीडितलाई २५ हजार राहत

हुम्लाको छुङ्गार लेकबाट कैलाशको दूरदर्शन गर्न सकिने

भोटेकोसी बाढीपछि सरकारसँग अपेक्षित समन्वय नभएको कांग्रेस जनप्रतिनिधिको गुनासो

रसुवा बाढी : कास्कीबाट गएका ६४ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा एक हजार २५२ जनाको शव फेला, ४ हजार ८७५ अझै बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu