ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजर्षि जनक विश्वविद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ४ : ४५   बजे

 

काठमाडौं । राजर्षि जनक विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ देखि स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुनेमध्ये कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउने भएको छ। विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रममा छात्रवृत्ति व्यवस्था लागू गर्ने निर्णय गरेको हो। छात्रवृत्ति जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई प्रदान गरिनेछ। यसका लागि विश्वविद्यालयले ‘राजर्षि जनक विश्वविद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ। कार्यविधिअनुसार विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रममा भर्ना हुनेमध्ये कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएको रजिस्ट्रार डा. जीवन काफ्लेले जानकारी दिए। निर्णय कार्यान्वयनका लागि विश्वविद्यालयको रजिस्ट्रार कार्यालयले विज्ञान प्रविधि तथा इन्जिनियरिङ, व्यवस्थापन, मानविकी तथा कानुन र स्वास्थ्य विज्ञान संकायका डीन कार्यालयलाई पत्राचार गरेको छ। विश्वविद्यालयले छात्रवृत्ति वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन स्वीकृत कार्यविधिअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाइने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराजसिंह थापा नियुक्त

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

भोटेकोसी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

भोटेकोसी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

१० मिनेटको त्यो त्रास : विद्यार्थी निस्किए, आँखैअगाडि त्रिशूलीले विद्यालय बगायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu