काठमाडौं । सरकारले भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा यही भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। मन्त्री पोखरेलका अनुसार भदौ १० गते रसुवामा आएको भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा १३औँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक मनाउन लागिएको हो। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्