काठमाडौं । सरकारले भोटेकोसी बाढीपछि बेपत्ताको खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका लागि विशेष सुविधा प्याकेज घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका क्रममा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउनेसहितको प्याकेज घोषणा गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। निर्णयअनुसार खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराइनेछ। उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचारको व्यवस्था गरिनेछ। मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री पोखरेलले मृत्यु भएमा परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्