ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरुङमा फसेकाको उद्धारका लागि प्रविधि छैन भन्नु गैरजिम्मेवार : सांसद काउचा


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ५ : १५   बजे

 

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले सुरुङमा फसेकाहरूको उद्धारका लागि विश्वमै प्रविधि नभएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले बुधबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको बताइन्। “हाम्रा प्रधानमन्त्रीज्यू विशेषज्ञ र प्रविधिको सहयोग खोजेर हाम्रा नागरिकको ज्यान बचाउनुको साटो संसारमै यस्तो प्रविधि छैन भन्ने गैरजिम्मेवार तर्क दिएर आफ्नो असफलता र लाचारी लुकाउने प्रयास गर्दै हुनुहुन्छ,” उनले भनिन्। उनले भारतको उत्तराखण्डमा भएको यस्तै विपत्तिमा सुरुङभित्र फसेका ४१ जना श्रमिकलाई १७ दिनपछि सुरक्षित उद्धार गरिएको उदाहरण दिइन्। त्यस क्रममा जर्मनीबाट समेत विज्ञ ल्याइएको स्मरण गर्दै उनले नेपालमा उद्धारका लागि आवश्यक पहल हुन नसकेकोप्रति प्रश्न उठाइन्। सुरुङभित्र जीवनका लागि संघर्ष गरिरहेकाहरूलाई हिलो सुकेपछि निकालौँला भन्नु राज्य आफ्नो दायित्वबाट पछाडि हट्नु भएको उनको टिप्पणी छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

राहतको एकद्वार प्रणालीका कारण बाढी प्रभावित जनता भोकै : सांसद बराल

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाहरू जीवित छन् कि छैनन् ? सरकारलाई सांसद बोहोराको प्रश्न

रसुवा बाढीपछि पुनर्निर्माण तीव्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का अस्पताल भर्ना

भोटेकोसी बाढी उद्धारमा सरकार चुक्यो : एमाले सांसद बराल

सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ नगर्न कांग्रेस सांसद बुढाको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu