ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, मृतक १,२५९


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ८ : ०५   बजे

काठमाडौं । भोटेकोसी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या पाँच हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार साँझ ७ बजेसम्म ५ हजार ८३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।

बाढी प्रभावित परिवारले आफन्तको खोजीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने क्रम अझै जारी रहेकाले सम्पर्कविहीनको संख्या थप बढ्न सक्ने प्राधिकरणले जनाएको छ।

नुवाकोट र रसुवामा सबैभन्दा धेरै सम्पर्कविहीन

प्राप्त विवरणअनुसार सबैभन्दा धेरै नुवाकोटबाट २ हजार ३४० जना सम्पर्कविहीन भएका छन्। त्यस्तै, रसुवा जिल्ला प्रशासन कार्यालयबाट २ हजार १३० जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।

भोटेकोसी बाढीपछि ५८३ जना विदेशी पर्यटक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढीमा १,२५९ जनाको मृत्यु

भोटेकोसी बाढीमा परी १ हजार २५९ जनाले ज्यान गुमाएका छन्। उनीहरूको शव भोटेकोसी तथा त्रिशूली नदी किनारका विभिन्न स्थानबाट फेला परेको हो।

प्राधिकरणका अनुसार विभिन्न जिल्लामा फेला परेका शवको संख्या यस्तो छ :

  • चितवन : ३५५
  • रसुवा : १२७
  • नुवाकोट : १७७
  • धादिङ : ६०
  • गोरखा : ७२
  • तनहुँ : ३८
  • नवलपरासी पूर्व : २१८
  • नवलपरासी पश्चिम : २१२

नेपालसहित तीन देशका टोली खोजीमा

बाढीपछि सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्य अझै जारी छ।

नेपाली सुरक्षाकर्मीसँगै भारत, चीन र दक्षिण कोरियाबाट आएका खोज तथा उद्धार टोली समेत प्रभावित क्षेत्रमा परिचालित छन्।

नदी किनार, बाढी प्रभावित बस्ती तथा जोखिमयुक्त संरचनामा खोजी अभियान जारी रहेकाले सम्पर्कविहीनको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसीपछि भारतको ‘मिसन नेपाल’ : राहतदेखि सुरुङ उद्धार र शव पहिचानसम्म

भोटेकोसी उद्धारमा पाँच देशका विज्ञ : सुरुङदेखि शव पहिचानसम्म विदेशी टोली सक्रिय

सर्वोच्च अदालतमा आगलागी : ‘विद्युत् सर्ट’ कि अवाञ्छित गतिविधि ? छानबिन सुरु

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

रसुवामा बाढीको ८ दिन : राहतभन्दा ठूलो प्रतीक्षा—‘आफ्ना मान्छे जीवित छन् कि छैनन् ?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu