काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीको १०औँ दिन अर्थात् भदौ १९ गते बिहान नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले रसुवास्थित आयोजनाको सुरुङबाट उनीहरूलाई सकुशल उद्धार गरेको हो ।
सुरुङमा फसेका दुई जनालाई जीवितै उद्धार गरी सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ । दुवै जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
उद्धार टोलीले सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार गर्न सफल भए पनि अझै थप व्यक्ति फसेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी राखेको सेनाले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्