ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको भाउ फेरि उकालोमा, तोलामा २ हजार ५ सय बढ्यो


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ११ : ३५   बजे

काठमाडौं । बिहीबार तोलामा ७ हजार रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको छ।

पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबारदेखि पुनः बढ्न थालेको हो।

बिहीबार सुनको भाउ तोलामा ७ हजार रुपैयाँ बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको थियो। त्यसअघि बुधबार ८ हजार ८ सय, मंगलबार ५ सय, सोमबार २ हजार ४ सय र आइतबार ९ हजार ५ सय रुपैयाँले सुनको मूल्य घटेको थियो।

गत साताको शुक्रबार पनि सुनको भाउ तोलामा २ हजार ४ सय र बिहीबार १ हजार २ सय रुपैयाँले घटेको थियो।

चाँदी पनि बढ्यो

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ।

बिहीबार चाँदीको मूल्य तोलामा १ सय ४५ रुपैयाँ बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको थियो।

सुनको हालसम्मकै उच्च मूल्य ३ लाख ३९ हजार ३ सय

नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ हो। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढ्दै उक्त मूल्यमा पुगेको थियो।

त्यस्तै, चाँदीको हालसम्मकै उच्च मूल्य तोलाको ७ हजार ५ सय ५ रुपैयाँ हो। माघ १५ गते चाँदी उक्त मूल्यमा पुगेको थियो।

चाँदीको मूल्यमा हालसम्मकै ठूलो एकदिने गिरावट भने माघ १८ गते देखिएको थियो, जब यसको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेकोथियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’बाट दुईजना सकुशल भेटिएपछि अन्य सुरुङमा फसेकाको उद्धारमा पनि आशा

कृष्णभीरमा पृथ्वी राजमार्ग जोड्न नयाँ ट्र्याक निर्माण सुरु

सम्बन्धित

पृथ्वी राजमार्ग अवरुद्धको बहानामा ग्यासको भाउ बढ्यो, सिलिन्डरमै १०५ रुपैयाँ थप

डलरदेखि युरोसम्म घट्यो विदेशी मुद्राको भाउ, अस्ट्रेलियन डलर भने बढ्यो

भोटेकोसी बाढीपीडित व्यवसायीलाई सरकारको राहत प्याकेज : कर छुटदेखि सस्तो कर्जासम्म

कृष्णभीर भासिएपछि बाइरोडबाट आयो २४ हजार ५ सय सिलिन्डर ग्यास

साल्ट ट्रेडिङ र खाद्य कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने सरकारको निर्णय

ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सहकार्य गर्न होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu