काठमाडौं । सरकारले दुई सरकारी कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार महसुलमा आयात गर्न दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत उक्त परिमाणमा चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्