काठमाडौं । भोटेकोसी–त्रिशूली बाढी आएको १० दिनपछि शुक्रबार माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुईजनाको सकुशल उद्धार भएपछि अन्य जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरू पनि जीवितै भेटिने आशा बढेको छ।
यसबीच सरकारले अन्य प्रभावित सुरुङहरूमा पनि उद्धार प्रयास निरन्तर भइरहेको जनाएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सामाजिक सञ्जालमार्फत ‘सास रहुन्जेल आस रहन्छ’ भन्दै प्रभावित सबै सुरुङमा उद्धार कार्य जारी रहेको जनाएको हो।
मन्त्रालयले भनेको छ, ‘सबैको प्रयास र प्रार्थना रहिरहोस्। आशा छोडेका छैनौँ। प्रयास रोकिएको छैन।’
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्