काठमाडौं । देशका केही स्थानमा शनिबार (भदौ २०) बिहान वर्षा भएको छ । भारीसम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन बिहान ६ः२५ बजे गरिएको पछिल्लो ६ घण्टाको मापनमा सबैभन्दा धेरै पानी पाल्पाको अर्चले मौसम मापन केन्द्रमा ७०.६ मिलिमिटर परेको छ । यो भारी वर्षा हो ।
“पछिल्लो ६ घण्टामा पाल्पाको अर्चले मौसम मापन केन्द्रमा ७०.६ मिमि पानी परेको छ,” महाशाखाले भनेको छ ।
यो अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । कोसी, वाग्मती र मधेस प्रदेशका एक–दुई स्थानमा पनि पानी परेको महाशाखाले जनाएको छ ।

Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्