ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध


ABC NEWS
२० भदौ २०८३, शनिबार   १० : ०५   बजे

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको छ।

बागमती प्रदेशमा काभ्रे, रसुवा, नुवाकोट र धादिङका सडक प्रभावित भएका छन्। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा पहिरो खसेपछि त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडक पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको टोखा–छहरे सडकमा पनि बाढी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित भएको छ।

धादिङको बेनीघाट रोराङ क्षेत्रमा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण कतै सडक पूर्ण अवरुद्ध छ भने कतै एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। काभ्रेका केही सडकमा भने सम्भावित बाढीको जोखिमका कारण निश्चित समय मात्रै सवारी सञ्चालन गरिएको छ।

गण्डकी प्रदेशको म्याग्दीमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। कर्णालीको मुगुमा मुगु–गमगढी सडक पनि पहिरोका कारण बन्द रहेको छ।

लुम्बिनी प्रदेशमा रोल्पा र अर्घाखाँचीका विभिन्न सडक पहिरोका कारण प्रभावित भएका छन्। रोल्पाको घोराही–थवाङ शहीदमार्गका विभिन्न खण्ड तथा अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक अवरुद्ध छन्।

यस्तै, सुदूरपश्चिमको बझाङमा पहिरोका कारण जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

लगातार वर्षा भइरहेकाले पहिरो तथा बाढीको जोखिम रहेका सडकमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

दक्षिण कोरियाली विदेशमन्त्री चो आज नेपाल आउँदै

६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पामा

Watchdog Report Details Misconduct Allegations Against Trump’s Former Labor Secretary

Trump Announces Witkoff and Kushner to Mediate Ukraine-Russia Peace Talks

Ethiopia’s Tigray Conflict Resurfaces Amid Unresolved Peace Deal Terms

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu