ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले कर्णाली करिडोर अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए


ABC NEWS
२० भदौ २०८३, शनिबार   १२ : ०५   बजे

बाजुरा । गएरातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ।

बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ मा माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

कर्णाली करिडोरअन्तर्गत बाधुमा खसेको पहिरो पीएस कन्स्ट्रक्सनको जेसीबी प्रयोग गरी हटाएर सडक सञ्चालनमा ल्याइएको भए पनि जगन्नाथको भुकाह खोलामा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक अवरोध खुलाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्। वर्षा जारी रहेकाले सडक खुलाउन थप समय लाग्न सक्ने जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महोत्तरीबाट २ करोड ४० लाखको १२ सय थान एप्पल एयरपड्स बरामद

पहिरोले कर्णाली करिडोर अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए

सम्बन्धित

बडिगाडमा पहिरोको त्रास : गत वर्षको घाउ निको नहुँदै फेरि उच्च जोखिममा दर्जनौँ घर

प्रधानसेनापति सिग्देलद्वारा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको निरीक्षण

‘ग्रीन आर्मी’बारे छानबिन गर्न रास्वपा सांसद भण्डारीको माग

२४ घण्टामा सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १०४ जना घाइते

चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

नुवाकोटमा बाढीमा ज्यान गुमाएकामध्ये १७७ जनाको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu