काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले भोटेकोसी बाढी तथा अन्य विपद्बाट प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।
फिनेले आफ्ना सदस्यबीच सञ्चालन गरेको आन्तरिक सहयोग संकलन अभियानबाट जुटेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। फिनेको टोलीले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सरकारले प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।
फिनेले विपद्को कठिन अवस्थामा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री उपलब्ध गराउने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्