काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दाबी गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै साहले निगमले हाल प्रतिसिलिण्डर करिब ४ सय रुपैयाँ घाटा व्यहोरेर ग्यास बिक्री गरिरहेको बताए।
उनले करिब २१ सय रुपैयाँ पर्ने एउटा ग्यास सिलिण्डरले एउटा परिवारलाई झन्डै दुई महिनासम्म पुग्ने तर एक किलो मासुको मूल्य १७ देखि १८ सय रुपैयाँ पर्ने र त्यो छोटो समयमै सकिने उदाहरण दिए।
साहले उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यासको आपूर्ति सहज बनाउनु सबैको साझा दायित्व भएको बताए।
नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर वस्तु भएकाले मूल्यसँगै आपूर्तिको सहजतालाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा थप चुनौती आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर आपूर्ति सहज बनाउन निगमले अधिकतम प्रयास गरिरहेको साहले बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्