ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठौँ दिनदेखि थालिएको थियो काजकिरिया, ११औँ दिनमा जीवित भेटिइन् चण्डिका


ABC NEWS
२० भदौ २०८३, शनिबार   ६ : १५   बजे

काठमाडौं । भोटेकोसी बाढीले घर बगायो । सम्पत्ति बगरमा परिणत भयो । परिवारका सदस्यहरू बेपत्ता भए । दिन बित्दै गए, तर चण्डिका श्रेष्ठ र उनका श्रीमान्को कुनै अत्तोपत्तो थिएन ।

खोजीमा जुटेका आफन्त र सुरक्षाकर्मीका लागि पनि उनको अवस्था पत्ता लगाउन कठिन हुँदै गयो । समयसँगै परिवारको आशा कमजोर बन्दै गयो ।

अन्ततः चण्डिका जीवितै भेटिने सम्भावना नरहेको निष्कर्षमा पुगेको परिवारले धार्मिक विधिअनुसार कुशको शव बनाएर काजकिरिया काठमाडौंमा सुरु गरे ।

तर, परिवारले अन्तिम संस्कारको प्रक्रिया अघि बढाइरहेकै बेला एउटा आवाजले सबैलाई परिवारमा खुसी दियो ।

११औँ दिनमा चण्डिका जीवितै भेटिइन् । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले घर बगाएपछि बेपत्ता भएकी चण्डिकालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावती बजारस्थित पुरिएको चारतले घरको माथिल्लो तलाबाट जीवितै उद्धार गरेको हो ।

बाढीपछि बेत्रावती बजारका धेरै संरचना लेदो, बालुवा र गेग्रानले पुरिएका थिए । चण्डिका रहेको घर पनि बाढीको भेलमा परेर पुरिएको थियो ।

११ दिनसम्म चण्डिकाको कुनै खबर नआएपछि उनको खोजी लगभग असम्भवजस्तै बन्यो ।

उनका सम्धी रमेशमान श्रेष्ठले चण्डिकाका सम्बन्धमा कुराकानीका क्रममा भने । “सबैले आश मारेका थियाँै, मेरो मनले चैँ कता कता घरभित्र नै हुनुपर्ने भन्ने लागेको थियो, आज भेटिनु भयो, खुसी लागेको छ ।”

चण्डिकाकी बुहारी रमेशमानकी छोरी हुन् ।

“मेरो ज्वाईंहरुले धेरै खोज्ने प्रयास गर्नुभयो, नभेटिएपछि आश मारेर कुशको शव बनाएर दाहसंस्कार गरेका थियौँ, सम्धिनी भेटिएपछि कतै सम्धी पनि भेटिनु हुन्छ कि भन्ने आशा पलाएको छ,” उनले भने ।

घरको चौथो तलामा हिलोमा आधा शरीर पुरिएकी चण्डिकाले गुहार मागेको स्वर बाहिर सुनिएपछि प्रहरी उद्धारका लागि खटिएको थियो ।

घरको चौथो तलाबाट लेदोमा डुबेकी चण्डिकाको शनिबार बिहान उद्धार गरिएको हो ।

खबर प्राप्त गर्नासाथ नेपाल प्रहरीका एसपी विपिन रेग्मी र सशस्त्र प्रहरीका निरीक्षक सुमन विकको कमान्डमा उद्धारकर्ता टोली घटनास्थलमा पुग्यो ।

लेदो र गेग्रान हटाउँदै उद्धारकर्ताले घरभित्र खोजी अघि बढाए । अन्ततः अत्यन्तै कमजोर अवस्थामा चण्डिका फेला परिन् ।

उनी अर्धचेत अवस्थामा थिइन् । शरीरमा शक्ति थिएन । ११ दिनसम्म पुरिएको संरचनाभित्र कसरी बाँचिन् भन्ने कुरा स्वयम् उद्धारकर्ताका लागि पनि असाधारण बनेको थियो ।

घरबाट बाहिर निकालिएपछि उद्धारकर्ताले उनलाई तत्काल पानी खुवाए । चण्डिकाले पानी घुट्क्याएपछि घटनास्थलमा रहेका उद्धारकर्ता र स्थानीयको अनुहारमा आशा र उत्साह देखियो ।

जसलाई परिवारले अब कहिल्यै देख्न नपाउने ठानेको थियो, उनी आफ्नै आँखा अगाडि जीवित थिइन् ।

चण्डिकाको जीवित उद्धारको खबरले परिवारमा खुसी फर्किएको छ । तर, त्यो खुसी पूर्ण छैन ।

बाढीले चण्डिकाको परिवारलाई ठूलो क्षति पुर्याएको छ ।

घरसँगै गाडी र कैयौँ रोपनी जग्गा बाढीले बगरमा परिणत गरिदिएको छ । भौतिक क्षतिको हिसाबभन्दा ठूलो पीडा भने परिवारका सदस्यहरूको बेपत्ताले दिएको छ ।

चण्डिकाको जीवित उद्धार हुँदा परिवारमा खुसीको खबर पुगे पनि उनकी नजिककी सम्धिनी र छोरीसरह पालेकी एक बालिकासहित परिवारका अन्य सदस्य अझै बेपत्ता छन् ।

त्यसैले चण्डिका भेटिएको दिन परिवारका लागि एकातिर पुनर्जन्मजस्तो खुसीको दिन बन्यो भने अर्कोतिर हराइरहेका आफन्तको खोजीको पीडा झन् गहिरो बनेको छ ।

११ दिनपछि अस्पतालको शय्यामा

उद्धारलगत्तै चण्डिकालाई हेलिकोप्टरमार्फत त्रिशूली पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको हो । हाल उनको उपचार काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा भइरहेको छ ।

११ दिनसम्म बाढीले पुरिएको घरभित्र अर्धचेत अवस्थामा रहेकी चण्डिकाको शरीर अत्यन्तै अशक्त बनेको आफन्तले बताएका छन् ।

प्राकृतिक विपत्तिले मानिसबाट घर, सम्पत्ति र आफन्त खोस्न सक्छ । कहिलेकाहीँ आशा पनि खोसिएकोजस्तो लाग्छ । चण्डिकाको परिवारले पनि त्यही नियति स्वीकार गरिसकेको थियो ।

त्यसले परिवारले कुशको शव बनाएर काजकिरिया सुरु पनि गरेको थियो ।

तर, ११ दिनपछि पुरिएको घरबाट आएको एउटा आवाजले परिवारको कथा बदलिदियो ।

चण्डिकाको जीवित उद्धार केवल एक व्यक्तिको उद्धारमा सीमित रहेन ।

बाढीमा आफन्त गुमाएर अझै खोजी र प्रतीक्षामा रहेका परिवारका लागि पनि यसले एउटा सन्देश दिएको छ, आशा सकिएको जस्तो देखिए पनि खोजीको ढोका पूर्ण रूपमा बन्द नहुन सक्छ ।

चण्डिका अस्पतालको शय्यामा उपचाररत छिन् । उनका परिवारका लागि अब अर्को प्रतीक्षा सुरु भएको छ । बेपत्ता भएका आफन्तहरू पनि कतैबाट जीवितै भेटिन्छन् कि !

चण्डिकाका छोरा आशीषको पाँचवटा गाडी बगाएको थियो

केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोमा पाँचवटा यात्रुबाहक बस बगेका छन् । घटनामा एक परिवारका सदस्यसहित कैयौँ व्यक्ति बेपत्ता भएका छन् । चण्डिकाका सम्धीका अनुसार केरुङबाट यात्रु लिएर मानसरोवरतर्फ जाने तयारीमा रहेका पाँचवटा बस लस्करमा रहेका बेला बाढीले बगाएको थियो ।

“ज्वाइँले घरमा लगेर एउटा गाडी राख्नुभएको थियो, त्यो पनि बगाएछ । सम्पतिको त के कुरा सम्धीको अवस्था पनि अज्ञात भयो,” श्रेष्ठले भने, “ज्वाइँले भदौ १० गते बिहान सवा आठ बजेतिर फोन गरेर भाग्नु भन्नुभएको थियो रे ! तर किन हो, उहाँहरु किन हो त्यही बस्नुभएछ ।”

परिवारले सो क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने योजना बनाइरहेको भए पनि बाढीपछि घर, जग्गा र व्यवसायसँग सम्बन्धित सामग्री सबै क्षतिग्रस्त भएको उनले बताए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई दूतावासको टोलीले भेट्यो

भोटेकोसी बाढीमा सम्पर्कविहीनका आफन्तलाई डीएनए नमुना दिन प्राधिकरणको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई दूतावासको टोलीले भेट्यो

पाँच वर्षअघि जमिन बगर बन्यो, अहिले घरबासको चिन्ता : वीरेखोलामा २३ परिवार विस्थापित

गिद्धको आहारस्थल बन्दै व्यासको गौसंरक्षण केन्द्र

भोटेकोसी बाढीमा सम्पर्कविहीनका आफन्तलाई डीएनए नमुना दिन प्राधिकरणको आग्रह

हेपाटाइटिस बी खोप परीक्षणमा प्रयोग गरिएका चिम्पान्जीको स्वास्थ्य परीक्षण

नेपालको बाढीप्रति पाकिस्तानका उपप्रधानमन्त्रीको दुःख, सहयोगको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu