ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी हिमबाढीपछि नेपालको जलवायु कूटनीति बलियो बनाउने अवसर


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : ३५   बजे

काठमाडौं। नेपालको परराष्ट्र नीतिका जानकार प्रोफेसर युदनाथ खनालले परराष्ट्र नीतिको प्रभावकारिता मुलुकको आन्तरिक नीतिसँग जोडिने बताउँदै ‘गृह नीति साध्य र परराष्ट्र नीति साधन’ हुने धारणा अघि सारेका थिए। अहिले भोटेकोशी हिमबाढीले निम्त्याएको विपद्ले नेपालको आन्तरिक चुनौतीसँगै जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो ढंगले उठाउने अवसरसमेत दिएको छ।

लाङटाङ लिरुङ हिमालबाट भदौ १० गते हिउँ चोइटिएर झरेपछि आएको भोटेकोशी हिमबाढीले नेपालमा ठूलो जनधनको क्षति गरेको छ। बढ्दो विश्व तापक्रम र जलवायु परिवर्तनसँग जोडिएको हिमाली विपद्को यो घटनाले नेपालले भोगिरहेको जलवायु संकटलाई अन्तर्राष्ट्रिय बहसमा थप जोड दिएको छ।

यही पृष्ठभूमिमा संयुक्त राष्ट्रसङ्घको महासभा आउँदो मंगलबारदेखि सुरु हुँदै छ। १९३ सदस्य राष्ट्र सहभागी हुने महासभामा नेपालले भोटेकोशी हिमबाढीलाई जलवायु न्यायको मुद्दासँग जोडेर प्रस्तुत गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

पूर्वराजदूत युवनाथ लम्सालका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको माग राख्नुअघि नेपालले आफ्ना तथ्य र प्रमाण व्यवस्थित गर्न आवश्यक छ। नेपालमा भएका जलवायुजन्य घटनालाई वैज्ञानिक अध्ययन र प्रमाणका आधारमा प्रस्तुत गर्दै विश्व समुदायको साझा समस्याका रूपमा मुद्दा उठाउनुपर्ने उनको सुझाव छ।

उनका अनुसार कूटनीतिमा उग्र आरोप–प्रत्यारोपभन्दा आपसी विश्वास र सहकार्य महत्वपूर्ण हुन्छ। त्यसैले कुनै मुलुकलाई प्रत्यक्ष दोष दिनुभन्दा नेपालको अवस्थालाई विश्वव्यापी जलवायु संकटको परिणामका रूपमा प्रस्तुत गरी अन्तर्राष्ट्रिय समर्थन जुटाउन नेपाल केन्द्रित हुनुपर्छ।

आउँदो नोभेम्बरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ मा पनि यही रणनीति अपनाउनुपर्ने विज्ञहरूको धारणा छ।

चीनमा रहेका जलवायु वैज्ञानिक डिबी कट्टेलका अनुसार नेपालको हिमालय विश्वकै महत्वपूर्ण ‘वाटर टावर’ अर्थात् स्वच्छ पानीको स्रोत हो भन्ने तथ्यलाई अन्तर्राष्ट्रिय समुदायमाझ स्थापित गर्न आवश्यक छ। उनका अनुसार जलवायु कूटनीतिमा प्रत्यक्ष सरकारी वार्ता अर्थात् ‘ट्र्याक वान’सँगै सार्वजनिक कूटनीति वा ‘ट्र्याक टु’लाई पनि प्रभावकारी बनाउनुपर्छ।

नेपालका जलवायु नीति, वैज्ञानिक अध्ययन, विपद् व्यवस्थापनसम्बन्धी दस्तावेज, राष्ट्रिय निर्धारित योगदान (एनडीसी) तथा सरकारी संस्थाहरूले तयार पारेका प्रमाणिक तथ्यलाई जलवायु कूटनीतिको आधार बनाउनुपर्ने विज्ञहरूको सुझाव छ।

मन र मत जित्ने रणनीति

अति कम विकसित मुलुकको समूहका लागि सल्लाहकारसमेत रहेका जलवायुविज्ञ डा. मञ्जित ढकाल नेपालले प्रमाणिक तथ्यलाई संयमित र प्रभावकारी ढंगले प्रस्तुत गर्नुपर्ने बताउँछन्।

विश्वव्यापी कार्बन उत्सर्जनमा विकसित मुलुकहरूको योगदान ठूलो भए पनि नेपालले उत्सर्जनमा नगण्य योगदान गरेको तथ्य स्थापित छ। त्यसैले कुनै निश्चित देशलाई लक्षित गरेर आरोप लगाउनुभन्दा वैज्ञानिक अध्ययन र तथ्यका आधारमा नेपालको अवस्था प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।

भोटेकोशी हिमबाढीको नामकरणदेखि घटनाक्रमसम्मका विवरणलाई अन्तर्राष्ट्रिय समुदायले सहज रूपमा बुझ्ने गरी एकरूप भाषामा प्रस्तुत गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालका अनुसार अहिले नेपालले आफ्नो जलवायु संकटबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने अनुकूल वातावरण बनेको छ। हालै सम्पन्न अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय बैठकमा पनि नेपालले जलवायु न्यायका लागि बलियो भएर प्रस्तुत हुनुपर्ने धारणा आएको उनले बताए।

संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये ४३ मुलुकको प्रत्यक्ष समर्थनलाई नेपालले आफ्नो जलवायु कूटनीतिको आधार बनाउन सक्ने विज्ञहरूको धारणा छ। बाँकी मुलुकको समर्थन जुटाउन बहुपक्षीय तथा द्विपक्षीय बैठक र वार्तालाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने देखिन्छ।

जलवायु संकट २१औँ शताब्दीको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो। नेपालको हिमालयमा हुने परिवर्तनले नेपाल मात्र नभई हिमालयबाट बग्ने नदीमा निर्भर करोडौँ मानिसको जीवनमा प्रभाव पार्छ। त्यसैले जलवायु कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको अभिन्न अंग बनाउँदै हिमाली विपद्, जलवायु न्याय र अनुकूलनका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर उठाउनुपर्ने विज्ञहरूको जोड छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

भोटेकोसी बाढीको १२औँ दिन : रसुवाका चार जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

सम्बन्धित

गोरखा बाढीपीडितलाई खाली घरमा राखिने

आज पनि ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम, रसुवा–नुवाकोटमा उच्च सतर्कता

भोटेकोसी बाढीबाट ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षति

गिद्धको आहारस्थल बन्दै व्यासको गौसंरक्षण केन्द्र

नेपालको बाढीप्रति पाकिस्तानका उपप्रधानमन्त्रीको दुःख, सहयोगको प्रतिबद्धता

जलवायु परिवर्तनले हिमाली गिद्धको बासस्थान र आहारमा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu