ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीको १२औँ दिन : रसुवाका चार जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी


ABC NEWS
२१ भदौ २०८३, आइतबार   १२ : २५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको १२औँ दिन पनि जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार प्रयास जारी छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार रसुवाका २२ मेगावाटको चिलिमे, ३७ मेगावाटको त्रिशूली–३ ‘बी’, १११ मेगावाटको रसुवागढी र २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य भइरहेको छ।

चिलिमे जलविद्युत् आयोजनाको कन्ट्रोल रुममा ६ जना फसेको आशंका गरिएको छ। उनीहरूको उद्धारका लागि प्रयास भइरहेको प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठले जानकारी दिए।

यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा स्काभेटर प्रयोग गरी खोजी कार्य जारी राखिएको छ। बाढी र पहिरोका कारण पुरिएका संरचनामा सम्भावित जीवित तथा सम्पर्कविहीन व्यक्तिको खोजी भइरहेको जनाइएको छ।

यता, रसुवागढी जलविद्युत् आयोजनामा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। अन्य आयोजनाको तुलनामा त्यहाँ उद्धार तथा खोजी कार्य अपेक्षाकृत प्रभावकारी रूपमा अघि बढाउन कठिन भइरहेको प्राधिकरणले जनाएको छ।

आयोजनाको कन्ट्रोल रुममा कार्यरत कर्मचारीहरू जीवितै हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

भोटेकोसीमा आएको बाढीले रसुवाका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत कर्मचारीको खोजी तथा उद्धारसँगै आयोजनाका संरचनाको क्षतिको मूल्यांकनसमेत भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा

बाढीले चुमनुब्रीमा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा

पहिरो छिचोल्दै कृषि उपज बजार पुर्‍याउँदै किसान

पुटिनसँग ट्रम्पका दूतको ‘ठोस योजना’बारे छलफल

बाढीले चुमनुब्रीमा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

पहिरोले कर्णाली करिडोर अवरुद्ध, दुई दर्जनभन्दा बढी पर्यटक अलपत्र

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu