पोखरा । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।
संघको ३६औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयन गर्न आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।
संघको नेतृत्वका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन्। अध्यक्ष पदमा चार उम्मेदवारबीच प्रतिस्पर्धा भएकाले निर्वाचनलाई निकै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ।
नयाँ कार्यसमिति चयनका लागि संघका सदस्य तथा व्यवसायीहरू मतदानमा सहभागी भइरहेका छन्। निर्वाचनबाट संघको आगामी नेतृत्वसँगै व्यवसायीका हकहित, औद्योगिक तथा व्यावसायिक विकास र पोखराको आर्थिक गतिविधिमा प्रभाव पार्ने नीति तथा कार्यक्रम अघि बढ्ने अपेक्षा गरिएको छ।
मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
तस्विरहरु
स्रोतका थप तस्बिर तथा कागजात





Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्