चितवन । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि चितवनस्थित त्रिशूली र नारायणी नदी किनारमा फेला परेका शवको व्यवस्थापनसँगै वैज्ञानिक पहिचानको काम भइरहेको छ ।
फेला परेका शवको पहिचानका लागि भदौ १६ गतेदेखि आफन्तको डीएनए नमूना संकलन सुरु गरिएको हो । भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका ६८ जना आफन्तको डीएनए नमूना संकलन गरिएको जनाइएको छ ।
संकलित नमूनामध्ये भदौ १६ गते सात पुरुषको नमूना लिइएको थियो । त्यसैगरी भदौ १७ गते २६ जनाको नमूना संकलन गरिएको थियो । उनीहरूमा दुई महिला, २२ पुरुष र दुई भारतीय पुरुष नागरिक रहेका छन् ।
भदौ १८ गते २२ जनाको नमूना संकलन गरिएकोमा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक रहेका छन् ।
यस्तै, भदौ १९ गते सात जनाको नमूना संकलन गरिएको थियो । तीमध्ये एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक छन् ।
भदौ २० गते थप छ जनाको डीएनए नमूना संकलन गरिएको छ । उनीहरूमा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन् ।
बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा फेला परेका शवको पहिचानमा कठिनाइ भएपछि डीएनए परीक्षणलाई वैज्ञानिक विधिका रूपमा अघि बढाइएको हो । शव व्यवस्थापनसँगै आफन्तको नमूना संकलन र पहिचान प्रक्रिया अघि बढिरहेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्