काठमाडौं । गएको शुक्रबार तोलामा २ हजार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बिहीबार पनि सुनको मूल्य तोलामा ७ हजार रुपैयाँले बढेको थियो।
यसअघि लगातार पाँच दिनमा भने सुनको भाउ तोलामा २४ हजार ८ सय रुपैयाँले घटेको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ४० रुपैयाँ घटेर ४ हजार ७ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसअघि गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा यो सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, गएको माघ १८ गते चाँदीको मूल्यमा तोलामा १ हजार ५ सय ६५ रुपैयाँको गिरावट आएको थियो। चाँदीको मूल्यमा आएको यो हालसम्मकै ठूलो एकदिने गिरावट हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। यो पनि नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्