ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बेहुली’को ट्रेलर सार्वजनिक, बाढी प्रभावितका लागि कमाइको ५ प्रतिशत दिने घोषणा


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ६ : १५   बजे

 

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र **‘बेहुली’**को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ।

आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण देश शोक र संकटमा रहेका बेला चलचित्रको प्रचारप्रसारका सम्पूर्ण कार्यक्रम यसअघि स्थगित गरिएको थियो। देशको असहज परिस्थितिलाई ध्यानमा राख्दै रोकिएको प्रचार अभियान अवस्था केही सहज भएसँगै ट्रेलर सार्वजनिक गर्दै पुनः सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

बाढी प्रभावितलाई फिल्मको कमाइबाट सहयोग

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलले ‘बेहुली’को बक्स अफिस कमाइबाट निर्माताको भागमा पर्ने रकमको ५ प्रतिशत भोटेकोसी बाढी प्रभावितका लागि प्रदान गर्ने घोषणा गरे।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत प्रभावित क्षेत्रमा उपलब्ध गराइने पोखरेलले बताए।

पारस र दिव्याको प्रेम केमेस्ट्री

सार्वजनिक ट्रेलरमा सामाजिक सञ्जालमा **‘कुल ब्वाई’**का रूपमा परिचित कलाकार पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेमसम्बन्धलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ।

ट्रेलरमा उनीहरूबीचको प्रेम, सम्बन्धमा आउने उतारचढाव र त्यसले निम्त्याउने परिस्थितिलाई कौतुहलतापूर्ण ढंगले देखाइएको छ।

त्यस्तै, अभिनेता सुशान्त कार्कीलाई प्रहरीको सशक्त भूमिकामा प्रस्तुत गरिएको छ। लोकप्रिय कमेडियन पदम तामाङको हास्य प्रस्तुतिसँगै कलाकार सन्तोष बानियाको फरक र प्रभावशाली अभिनयले ट्रेलरलाई थप रोचक बनाएको छ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरले प्रारम्भिक रूपमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ। ट्रेलरलाई सशक्त, कौतुहलतापूर्ण र व्यावसायिक सम्भावना बोकेको चलचित्रका रूपमा हेरिएको छ।

को–को छन् ‘बेहुली’मा?

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियासहित सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता छन्। प्रतापशमशेर राणा निर्माता, शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सहनिर्माता छन्।

कोसिसराज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्।

चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ। सुदीप कुँवर मुख्य सहायक निर्देशक तथा योगेन्द्र कार्की र मार्लोभ ढुंगना सहायक निर्देशकका रूपमा रहेका छन्।

भदौ २६ गतेबाट प्रदर्शनमा आउने ‘बेहुली’ले प्रेमकथा, सामाजिक भावनासँगै व्यावसायिक मनोरञ्जनमार्फत दर्शकलाई आकर्षित गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारी वर्षापछि कालिकोटमा बाढी–पहिरोको जोखिम, सतर्क रहन प्रशासनको अपिल

भोटेकोसी बाढीपीडितको बस्ती स्थानान्तरण गर्न जग्गा खोज्न सरकारद्वारा समिति गठन

सम्बन्धित

वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार

रोकिएको तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

डंकी सपनाको बाटो : सपनाको देशतिर जाने यात्राको उज्यालो र अँध्यारो

जब समयको चोटले मुटु फलाम हुन्छ

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

कान्समा जुरी च्वाइस जितेको ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ आजदेखि नेपालमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu