ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपीडितको बस्ती स्थानान्तरण गर्न जग्गा खोज्न सरकारद्वारा समिति गठन


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : २५   बजे

काठमाडौं । भोटेकोसी बाढीबाट विस्थापित तथा जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक जग्गा खोज्न सरकारले १३ सदस्यीय समिति गठन गरेको छ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठित समितिले पहिलो चरणमा बाढीबाट प्रभावित तथा जोखिममा परेका परिवारको संख्या यकिन गर्नेछ। त्यसपछि ती परिवारको अन्यत्र जग्गा भए–नभएको विवरण संकलन गरिनेछ।

समितिका एक सदस्यका अनुसार सम्बन्धित वडा र स्थानीय तहसँगको समन्वयमा अहिले तथ्यांक संकलनको काम भइरहेको छ। जिल्लास्तरमा सम्पर्क सुरु भए पनि समितिले औपचारिक रूपमा आफ्नो काम भने सुरु गरिसकेको छैन।

“तथ्यांक संकलनपछि सम्बन्धित भूमि प्रशासन र नापी कार्यालय प्रमुखसमेतको सहभागितामा बस्ती स्थानान्तरणका लागि सुरक्षित विकल्प खोज्नेछौँ,” समितिका एक सदस्यले भने।

सरकारले स्थानान्तरणका लागि सम्भावित जग्गा पहिचान गर्दा सम्बन्धित स्थानीय तह तथा वडासँग समन्वय गर्ने व्यवस्था गरेको छ। त्यसका लागि जिल्लास्थित भूमि प्रशासन र नापी कार्यालयले समेत आवश्यक सहयोग गर्नेछन्।

सुरक्षित जग्गाको स्थलगत अध्ययन गरिने

समितिले पहिचान भएका सम्भावित जग्गाको स्थलगत अध्ययन गरी सम्बन्धित विषय विज्ञको सहयोगमा प्रारम्भिक विपद् जोखिम मूल्यांकनसमेत गर्नेछ।

जोखिम मूल्यांकनपछि पुनर्स्थापनाका लागि उपयुक्त देखिएका जग्गा प्रयोग गर्न आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने उपायबारे सरकारलाई सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

समितिले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक सहयोग जुटाउनेछ। अन्ततः प्रभावित परिवारको पुनर्स्थापनाका लागि आवश्यक सुझाव र सिफारिससहितको प्रतिवेदन सम्बन्धित मन्त्रालयमा पेस गर्नेछ।

जिल्लास्तरका अधिकारी पनि समितिमा

महानिर्देशक जोशीको संयोजकत्वमा रहेको समितिमा संघीय मामिला महाशाखाका उपसचिव दिपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक तथा नापी विभागका उपसचिव सदस्य छन्।

त्यसबाहेक सम्बन्धित जिल्लाबाट जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी नायव उपरीक्षक तथा भूमि प्रशासन र नापी कार्यालयका प्रमुखलाई समितिमा सदस्यका रूपमा राखिएको छ।

समितिका ६ प्रमुख जिम्मेवारी

सरकारले समितिलाई मुख्यतः निम्न कामको जिम्मेवारी दिएको छ—

  • पुनर्स्थापना गर्नुपर्ने परिवारको संख्या यकिन गर्ने।
  • पुनर्स्थापनाका लागि आवश्यक जग्गा पहिचान गर्ने।
  • पहिचान भएका जग्गाको स्थलगत अध्ययन तथा प्रारम्भिक विपद् जोखिम मूल्यांकन गर्ने।
  • जग्गा पुनर्स्थापनाका लागि प्रयोग गर्न आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने उपाय सिफारिस गर्ने।
  • संघ, प्रदेश, स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक सहयोग जुटाउने।
  • सम्पूर्ण अध्ययन समेटेर स्पष्ट सुझाव र सिफारिससहित मन्त्रालयमा प्रतिवेदन पेस गर्ने। सरकारको यो पहलले भोटेकोसी बाढीपछि तत्काल राहत र उद्धारसँगै दीर्घकालीन पुनर्स्थापना तथा जोखिम न्यूनीकरणलाई संस्थागत रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४२ पुग्यो

रसुवाका सीडीओ नरेन्द्र परियार गृह मन्त्रालय तानिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४२ पुग्यो

भोटेकोसी बाढीमा राहतसँगै शक्ति प्रदर्शन : नेपाल आए भारत, चीन र अमेरिकाका सैन्य विमान

रसुवाका सीडीओ नरेन्द्र परियार गृह मन्त्रालय तानिए

राप्रपा बागमतीका ५ सांसदलाई ७८ घण्टे स्पष्टीकरण

Seven Mouths, One Meal: Gaza’s Food Crisis Strains Family Survival

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu