ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारी वर्षापछि कालिकोटमा बाढी–पहिरोको जोखिम, सतर्क रहन प्रशासनको अपिल


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : २५   बजे

सुर्खेत। कालिकोटमा भारी वर्षा भएपछि बाढी, पहिरो, चट्याङ र सडक अवरोधको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले आइतबार अपिल जारी गर्दै सम्भावित विपद्बाट जोगिन पूर्वतयारी र सावधानी अपनाउन तथा विपद्को अवस्था आए सूचना सम्प्रेषण, उद्धार र राहत कार्यमा जुट्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

प्रशासनले पहिरोको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउँदै सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको छ। त्यस्तै, कर्णाली र तिलालगायतका नदी किनारमा रहेका बस्तीका बासिन्दालाई पनि आवश्यक सुरक्षा सतर्कता अपनाउन भनिएको छ ।

भारी वर्षाका कारण सडक अवरुद्ध तथा यात्रा जोखिमपूर्ण हुन सक्ने भएकाले यात्रा गर्नुअघि र यात्रा गरिसकेपछि मौसमसम्बन्धी जानकारी लिन प्रशासनले अनुरोध गरेको छ। आवश्यक सुरक्षा उपाय अपनाएर मात्र यात्रा गर्नसमेत अपिलमा भनिएको छ।

वर्षातको समयमा खोला तथा नदी किनारमा नदीजन्य पदार्थ संकलन गर्ने, काठ–दाउरा खोज्ने, माछा मार्ने तथा गाईबस्तु चराउने कार्य नगर्न र त्यस्ता प्रयोजनका लागि कसैलाई पनि नपठाउन प्रशासनले आग्रह गरेको छ।

विपद्का समयमा बढी जोखिममा रहने गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिको विशेष हेरचाह र संरक्षण गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माले मनसुनको समयमा अफवाहमा भन्दा आधिकारिक सूचनामा विश्वास गर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन जिल्लावासीलाई आग्रह गरेका छन्। प्रशासनले ‘सतर्कता नै सुरक्षा हो’ भन्ने सन्देशसहित आफू र समुदायको सुरक्षामा जिम्मेवार बन्नसमेत अपिल गरेको छ ।

विपद्सम्बन्धी घटना भए तत्काल नजिकको प्रहरी चौकी, वडा कार्यालय वा स्थानीय तहमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ। त्यसका साथै जिल्ला प्रशासन कार्यालय कालिकोटको ९८५८३३७७७७, नेपाली सेना देवी बक्स गुल्मको ९८५८३९१०७०, जिल्ला प्रहरी कार्यालयको १००/९८५८३३५५५५, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मको ९८५१०५११३५, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको ९८४७८३७०६६ र सहायक प्रमुख जिल्ला अधिकारीको ९८५८३२०७५१ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४२ पुग्यो

रसुवाका सीडीओ नरेन्द्र परियार गृह मन्त्रालय तानिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४२ पुग्यो

भोटेकोसी बाढीमा राहतसँगै शक्ति प्रदर्शन : नेपाल आए भारत, चीन र अमेरिकाका सैन्य विमान

रसुवाका सीडीओ नरेन्द्र परियार गृह मन्त्रालय तानिए

राप्रपा बागमतीका ५ सांसदलाई ७८ घण्टे स्पष्टीकरण

Seven Mouths, One Meal: Gaza’s Food Crisis Strains Family Survival

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu