ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगेन्द्र सिंह बने छैटौँ मिस्टर काठमाडौं


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ९ : ३५   बजे

काठमाडौं । डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको उपाधि जितेका छन्।

काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा सगेन्द्रले पुरुष बडीबिल्डिङको ८० केजी तौल समूहमा स्वर्ण जित्दै ओभरल प्रतिस्पर्धाका लागि छनोट भएका थिए। ओभरलमा पनि पहिलो हुँदै उनले मिस्टर काठमाडौंको उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार पाए। तौल समूह विजेताका रूपमा उनले थप ४० हजार रुपैयाँ प्राप्त गरे।

सगेन्द्रले दुई महिनाअघि भुटानमा सम्पन्न दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा समेत स्वर्ण जितेका थिए। उनी आगामी सेप्टेम्बर २२ देखि २८ सम्म थाइल्यान्डमा हुने एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुँदै छन्।

महिला फिजिकतर्फ जुनी राई विजेता बनिन्। सृजना घिसिङ दोस्रो र शान्ता पालिखेल तेस्रो भए। जुनीले यसअघि १३औँ दक्षिण एसियाली खेलकुदमा उसुको ५६ केजी सान्डा विधामा स्वर्ण जितेकी थिइन्।

पुरुष बडीबिल्डिङतर्फ ५५ केजीमा महेन्द्रबहादुर थापामगर, ६० केजीमा सुजन थापा, ६५ केजीमा सुरब थापा, ७० केजीमा नवीन श्रेष्ठ, ७५ केजीमा सागर श्रेष्ठ र ८० केजीभन्दा माथि ललित धिमालले स्वर्ण जिते।

मेन्स स्पोर्ट्स फिजिकमा ज्ञानेश्वर चौधरी र आशिम सिंह थापा तथा मेन्स एथलेटिक फिजिकमा सुमन राई र शंकर गुरुङ आ–आफ्ना उचाइ समूहमा विजेता बने। महिला बडीबिल्डिङको उपाधि रिपु घर्तीले जितिन्।

जुनियरतर्फ सर्वेश सुनार, मास्टर्सतर्फ रमेश अधिकारी विजेता बने।

प्रतियोगिता काठमाडौं बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनले आयोजना गरेको हो। विजेताहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रतिनिधिसभा सदस्य रजनी श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११ दिनपछि सुरुङबाट उद्धार गरिएका लु हाइताओको परिवारमा खुसी

२०८२ को मदन पुरस्कार राजभण्डारीलाई र जगदम्बाश्री खरेललाई

सम्बन्धित

एनभीएल : कर्णाली सोझो सेटमा विजयी

एनभीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको पहिलो जित

साउदीलाई ५ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एनपीएल सुरु हुन ५० दिन बाँकी छँदा जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देल अलग भए

नेपाल ‘ए’ अस्ट्रेलिया भ्रमणमा जितविहीन, न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित

साउदीलाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu