ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदीलाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा


ABC NEWS
२१ भदौ २०८३, आइतबार   २ : ३५   बजे

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

आइतबार मलेसियाको बायोमास ओभलमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो।

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा गुल्सनकुमार झाले अविजित ४४ रन बनाए। इशान पाण्डेले ४०, देव खनालले ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रनको योगदान दिए।

तेस्रो विकेटका लागि इशान र देवबीच ७३ रनको साझेदारी भएको थियो। यस्तै, छैटौँ विकेटका लागि गुल्सन र रोहितले अविजित ६१ रनको साझेदारीगर्दै नेपाललाई सहज जित दिलाए।

साउदीका इश्तियाक अहमद र मोहम्मद अतिफले दुई–दुई तथा मोहम्मद हिशाम शेखले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो।

साउदीका अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। मोहम्मद अतिफले ३०, मोहम्मद हिशाम शेखले २८, मोहम्मद सकिबले १४, जैनुल अबिदिनले १२ तथा इश्तियाक अहमदले अविजित १० रन बनाए।

दोस्रो विकेटका लागि वाहिद र अतिफबीच ९४ रनको साझेदारी भएको थियो।

नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन–तीन विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा शेर मल्ल र गुल्सनकुमार झाले एक–एक विकेट हात पारे।

लगातार तीन जितपछि तीन खेलबाट ६ अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ। नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरेको थियो।

यता, तेस्रो हार व्यहोरेको साउदीले चार खेलबाट दुई अंक जोड्दै प्रतियोगिता समाप्त गरेको छ। साउदी हङकङ र मलेसियासँग पराजित भएको थियो भने बहराइनलाई हराएको थियो।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन–शेखर भेटवार्ता, कांग्रेस एकतामा जोड

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, दुईजनाको मृत्यु

सम्बन्धित

नेपाल ‘ए’ अस्ट्रेलिया भ्रमणमा जितविहीन, न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित

‘हिमालयन चितुवा’ अविरल घिमिरे विश्व च्याम्पियन

काभा बिच भलिबल : भावना–सुनिताको जोडी फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

एसीसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य

नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’ लाई दियो २१२ रनको लक्ष्य

अल इत्तिहादसँग अल नासर पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu