काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच पार्टीभित्रको आन्तरिक समस्या समाधानबारे छलफल भएको छ।
आइतबार दिउँसो भएको भेटमा नेता कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ। पार्टी एकताका लागि आफूले आवश्यक त्याग गर्न तयार रहेको कोइरालाको भनाइ थियो।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको र कांग्रेसलाई एकताबद्ध बनाउन प्रयास गरिरहेको बताउनुभएको थियो।
भेटमा भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र रसुवामा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा परेको विपद्का विषयमा समेत छलफल भएको जनाइएको छ।
यसअघि सभापति थापाले शनिबार कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गर्नुभएको थियो। पार्टीभित्रको विवाद समाधानका विषयमा थापा र खड्काबीचको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्