ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसका आधाभन्दा बढी खेतीयोग्य जमिन अझै आकाशे पानीको भरमा


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ३ : २५   बजे

गौशाला । देशकै प्रमुख धान उत्पादन क्षेत्र मधेस प्रदेशमा आधाभन्दा बढी खेतीयोग्य जमिन अझै आकाशे पानीको भरमा रहेको छ। पर्याप्त सिँचाइ सुविधा विस्तार हुन नसक्दा अनियमित वर्षाको प्रत्यक्ष असर धान उत्पादनमा पर्ने गरेको छ।

प्रदेश सरकारको ‘कृषि दर्पण’ अनुसार प्रदेशमा खेती गरिएको कुल क्षेत्रफलमध्ये ४९ दशमलव ४४ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ। बाँकी जमिन वर्षामा निर्भर छ।

जिल्लागत रूपमा सर्लाहीमा सबैभन्दा बढी ७२ दशमलव ६८ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। पर्सामा ६१ दशमलव २१, धनुषामा ५१, बारामा ५० र रौतहटमा ४८ दशमलव ९१ प्रतिशत जमिन सिञ्चित छ।

यस्तै, सिरहामा ३९ दशमलव ७८, सप्तरीमा करिब ३४ र महोत्तरीमा ३२ दशमलव ५४ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ।

मधेसमा कुल ५ लाख ६७ हजार ५६५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७४ हजार ११७ हेक्टरमा धान खेती हुँदै आएको छ। प्रदेशमा वार्षिक करिब १४ लाख ८० हजार ८३० मेट्रिक टन धान उत्पादन हुने गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा १५ लाख २ हजार ५८ मेट्रिक टन धान उत्पादन भएको थियो भने अघिल्लो आर्थिक वर्षमा १२ लाख ९६ हजार ६०७ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ।

तर, धान रोपाइँका बेला पर्याप्त वर्षा नहुँदा किसानले समयमै रोपाइँ गर्न नसक्ने र रोपाइँपछि पानी नपर्दा बालीमा क्षति हुने गरेको छ। पछिल्ला वर्षमा खडेरीको समस्या बढ्दै जाँदा वर्षामा निर्भर किसानको जोखिम झन् बढेको छ।

नेपालमा वार्षिक करिब ७२ लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि औसत उत्पादन करिब ६० लाख मेट्रिक टन मात्रै हुने गरेको छ। माग धान्न करिब १२ लाख मेट्रिक टन धान भारतबाट आयात गर्नुपर्ने अवस्था छ।

सिँचाइ विस्तारका लागि संघ, प्रदेश र स्थानीय तहले डिप ट्युबेल, नहर, कुलो तथा बोर्डिङ निर्माणमा लगानी गरे पनि निर्माण भएका संरचनाको नियमित सञ्चालन, मर्मतसम्भार र प्रभावकारी पानी वितरणमा समस्या हुँदा किसानले अपेक्षित लाभ लिन सकेका छैनन्।

कृषि उत्पादनको प्रमुख आधार मानिएको सिँचाइमा योजनाबद्ध लगानी र दीर्घकालीन व्यवस्थापन गर्न सके वर्षाको अनिश्चितताबाट किसानलाई जोगाउँदै धान उत्पादन र आम्दानी दुवै बढाउन सकिने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन–शेखर भेटवार्ता, कांग्रेस एकतामा जोड

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, दुईजनाको मृत्यु

सम्बन्धित

पहिरो छिचोल्दै कृषि उपज बजार पुर्‍याउँदै किसान

भोटेकोशी बाढीले नुवाकोटका किसानको पशुधनमा ठूलो क्षति, पुनर्स्थापनाको चिन्ता

बागलुङमा गुञ्जियो परम्परागत रोपाइँ नाच, जोगिँदैछ २३८ वर्ष पुरानो संस्कृति

भोटेकोशी हिमबाढी : किसानको घर मात्रै होइन, पुस्तौँको जीविकासमेत बगायो

भोटेकोसी बाढी : घरसँगै बगे किसानका ‘आधार’

त्रिभुवन राजपथ एकतर्फी भएपछि थाहाका किसान मारमा, खेतमै कुहिन थाल्यो तरकारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu