ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा गुञ्जियो परम्परागत रोपाइँ नाच, जोगिँदैछ २३८ वर्ष पुरानो संस्कृति


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   २ : ५५   बजे

 

बागलुङ । गाईजात्रा पर्वको अवसरमा बिहीबार बागलुङ बजारमा करिब २३८ वर्ष पुरानो मानिएको परम्परागत रोपाइँ नाच प्रदर्शन गरिएको छ । नेवार समुदायले गाईजात्राअन्तर्गत प्रदर्शन गर्दै आएको यो नाचले धान रोपाइँको झल्को दिन्छ ।

रोपाइँ नाचमा खेत जोत्ने, बाउसे गर्ने, रोपाहारले धान रोप्ने तथा असारे गीत गाउँदै रमाइलो गर्ने परम्परागत शैलीलाई नृत्य र अभिनयमार्फत प्रस्तुत गरिन्छ । नाचमा सहभागी कलाकारहरूले समूहगत रूपमा विभिन्न भावभङ्गीमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

नेवा ल्याम पुचको आयोजना तथा नेपाल भाषा मंकाः खलको समन्वयमा आयोजित रोपाइँ नाच बागलुङ बजारको नारायणचोकबाट सुरु भएको थियो । त्यसपछि बजारका विभिन्न मुख्य चोकमा पुगेर नाच प्रदर्शन गरिएको थियो ।

परम्परागत संस्कृतिको संरक्षण र पुस्तान्तरणमा युवा पुस्ताको सक्रिय सहभागिता रहँदै आएको छ । नेवा ल्याम पुचका अध्यक्ष जय राजभण्डारीका अनुसार धान रोपाइँ सकेपछि खुशीयाली मनाउने पुरानो परम्परालाई युवाको सहभागितामा निरन्तरता दिइएको हो ।

“रोपाइँ जात्रा मनाउन बाउसे तथा खेतालाहरू जम्मा भएर बाजागाजाका साथ असारे गीत गाउँदै र नाच्दै रमाइलो गरिन्छ,” राजभण्डारीले भने, “ऐतिहासिक महत्व बोकेको रोपाइँ नाच धान रोपाइँ सकेपछि मनाउने विगतदेखिको प्रचलनलाई युवाहरूको सहभागितामा निरन्तरता दिँदै आएका छौँ ।”

रोपाइँको खुशीयालीदेखि संस्कृतिको संरक्षणसम्म

रोपाइँ नाच केवल मनोरञ्जनको माध्यम मात्र नभई बागलुङको नेवार समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो । खेतमा धान रोपिसकेपछि त्यसको खुशीयालीमा सामूहिक रूपमा नाचगान गर्दै उत्सव मनाउने चलनका रूपमा यसको विकास भएको बताइन्छ ।

यसमा खेतमा काम गर्ने हली, बाउसे, रोपाहार तथा खेताल्नीका भूमिकासमेत प्रस्तुत गरिन्छ । युवा पुस्ताको सहभागिताले पुरानो संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुगेको आयोजकको भनाइ छ ।

रोपाइँ नाच प्रदर्शनको अघिल्लो दिन बुधबार नेवा ल्याम पुचले बागलुङ बजारमा कटुवाल नाच समेत प्रदर्शन गरेको थियो । कटुवाल नाचमा युवाहरूले विभिन्न रूपका मुखुन्डो धारण गरी मृदङ्गको तालमा नाच्ने गर्छन् ।

कटुवालको भूमिका निभाउने कलाकारले रोपाइँको सन्देश दिने र हली, बाउसे तथा खेताल्नीलाई भोलिपल्ट हुने रोपाइँबारे जानकारी गराउने पुरानो चलन रहेको बताइन्छ ।

यसरी गाईजात्राको अवसरमा प्रदर्शन हुने कटुवाल र रोपाइँ नाचले बागलुङमा पुस्तौँदेखि चलिआएको नेवार समुदायको सांस्कृतिक परम्परा, कृषि जीवनशैली र सामुदायिक उत्सवलाई जीवित राख्दै आएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा पुनः शव फेला

सम्बन्धित

भोटेकोशी हिमबाढी : किसानको घर मात्रै होइन, पुस्तौँको जीविकासमेत बगायो

मौलिक चाडपर्वले नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै आएका छन् : गगन थापा

आज कृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र जाग्राममा रमाउँदै हिन्दू धर्मावलम्बी

भोटेकोसी बाढी : घरसँगै बगे किसानका ‘आधार’

त्रिभुवन राजपथ एकतर्फी भएपछि थाहाका किसान मारमा, खेतमै कुहिन थाल्यो तरकारी

रसुवा बाढीबारे संसद्बाट विशेष प्रस्ताव पारित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu