ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   २ : ५५   बजे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाका भोटेकोसी तथा त्रिशूली नदीका बाढीपीडितलाई पार्टीले सोझै राहत पुर्‍याउने बताएका छन् ।

पार्टी कार्यालयमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा ओलीले एमालेको तर्फबाट १ करोड २० लाख रुपैयाँ बराबरको राहत वितरण गरिने जानकारी दिए । जिन्सी सामग्रीसमेत जोड्दा राहतको मूल्य अझ बढी हुने उनको अनुमान छ ।

सरकारी कोषमा राहत रकम जम्मा गर्दा राहत थुप्रिने अवस्था आउन सक्ने भन्दै ओलीले पार्टीले पीडितलाई नै प्राथमिकतामा राखेर राहत वितरण गर्ने बताए ।

“सरकारी कोषलाई राहत चाहिएको होइन । राहत पीडितलाई चाहिएको हो । पहिले पीडितलाई राहत पुर्‍याउँछौँ,” ओलीले भने, “सरकारी कोषमा दाखिल गर्ने अवस्था, हैसियत रह्यो भने त्यसपछि दाखिल गर्न सक्छौँ ।”

ओलीले विपद्को समयमा राजनीतिक लोकप्रियता हासिल गर्नुभन्दा पीडितलाई अधिकतम सेवा पुर्‍याउने काममा केन्द्रित हुनुपर्ने बताए ।

उनले एआईबाट सिर्जना गरिएका दृश्यचित्रमार्फत आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसप्रति समेत आपत्ति जनाए ।

“यतिबेला पपुलर हुन खोज्ने होइन । पीडितलाई अधिकतम सेवा कसरी गर्न सकिन्छ, यो काममा लाग्नुपर्ने,” ओलीले भने ।

उनले विपद्का बेला प्रचारभन्दा उद्धार, राहत र पीडितको तत्कालीन आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा पुनः शव फेला

सम्बन्धित

सार्वजनिक पदाधिकारीले पाएका उपहार सार्वजनिक गर्न सर्वोच्चको आदेश

बाढीले बगाएको वेत्रावतीमा रोकिएको घडी

प्राकृतिक विपत्ति

विपद्मा पनि हराउन नहुने मानवता

त्रिशूली–३ ए सुरुङबाट तेस्रो व्यक्तिको पनि उद्धार हुँदै

एबीसीसँगको मेरो यात्रा : जिल्लाबाट केन्द्रसम्म, सिकाइदेखि जिम्मेवारीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu