ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभा बिच भलिबल : भावना–सुनिताको जोडी फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ११ : ५५   बजे

काठमाडौं । भुटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा नेपाली महिला खेलाडी भावना डाँगी र सुनिता राईको जोडी फाइनलमा प्रवेश गरेको छ।

आइतबार भएको सेमिफाइनलमा भावना र सुनिताको जोडीले भारतका रेवती र श्वेताको जोडीलाई २१–१५, २४–२२ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

अब स्वर्ण पदकका लागि नेपाली जोडीले भारतकै पवित्रा र दीपिकाको जोडीसँग प्रतिस्पर्धा गर्नेछ।

पवित्रा र दीपिकाले अर्को सेमिफाइनलमा नेपालकै कमला पुन र कोपिला रानाको जोडीलाई २१–१६, २१–२४ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

उपाधि भिडन्तमा नेपाली जोडीले भारतलाई हराउँदै स्वर्ण जित्ने लक्ष्यसहित कोर्टमा उत्रिनेछ।

यसैगरी, कांस्य पदकका लागि कमला पुन–कोपिला रानाको जोडी र भारतका रेवती–श्वेताको जोडीबीच प्रतिस्पर्धा हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा

बाढीले चुमनुब्रीमा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

सम्बन्धित

‘हिमालयन चितुवा’ अविरल घिमिरे विश्व च्याम्पियन

एसीसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य

नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’ लाई दियो २१२ रनको लक्ष्य

अल इत्तिहादसँग अल नासर पराजित

इन्टरको पुनरागमन जितमा मार्टिनेजको दुई गोल

साउदीविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu