काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले ‘हिट किक बक्सिङ–५९’ अन्तर्गत विश्व च्याम्पियनसिपको उपाधि जितेका छन्।
अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघको आयोजनामा जापानको नागोयास्थित करिया हलमा भएको मुख्य प्रतिस्पर्धामा अविरलले साविक विजेता फ्रेन्च बक्सर माथन चोइनार्डलाई नकआउट गर्दै उपाधि हात पारेका हुन्।
दोस्रो राउन्डको दोस्रो मिनेटमा अविरलले प्रहार गरेको शक्तिशाली मुक्का सहन नसकेर चोइनार्ड रिङमै ढलेपछि रेफ्रीले नकआउटका आधारमा अविरललाई विजेता घोषणा गरेका थिए।
योसँगै अविरल विश्व च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली बक्सर बनेका छन्।
‘हिमालयन चितुवा’को उपनामले परिचित अविरलले हालसम्म २९ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले २१ खेलमा जित हात पारेका छन्, जसमा २० जित नकआउटमार्फत आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्