ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बस्ती सार्न माग गर्दै मुख्य मन्त्रीलाई ज्ञापनपत्र


एबीसी न्यूज
१० बैशाख २०७५, सोमबार   १० : ४०   बजे


बझाङ,१० वैैशाख । बस्ती सार्न माग गर्दै बझाङ थलारा गाँउपालिका ९ आमबगरका स्थानीय बासिन्दाले मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयमा उजुरी दिएका छन् ।

तीन वर्ष अगाडि निर्माणका गरिएको सडकका कारण २५ घर परिपवार पहिरोको उच्च जोखिमा रहेकोमा अझैसम्म सरकारले समस्या समाधान गर्न कुनै चासो नदेखाएको भन्दै स्थानीयबासिन्दाले मानवअधिकारको कार्यालयमा उजुरीका साथै उनीहरुले प्रदेश नम्बर ७ का मुख्य मन्त्रीलाई ज्ञापन बुझाएका हुन ।

‘तीन वर्ष भैसक्यो, पानी पर्दा गाउँभरका मान्छे सुत्न पाउदैनौ ’, थलरा गाउँका स्थानीय बासिन्दा विश्वप्रकाश जोशीले भन्नुभयो, ‘ बर्खाको समयमा पानी पर्दा रात बिताउन बालबच्चा च्यापेर चौरमा दौडिनु पर्छ । आफूहरुले शान्तसँग बाँच्न नपाएपछि मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको हो ।’

तीन वर्ष अघि सडक डिभिजन कार्यालय बैतडीले निर्माण गरेको जडार कोइरालकोट सडकका कारण सुरु भएको पहिरोले गाउँ नै जोखिममा परेपछि सुरक्षित ठाउँमा बस्ती सार्न माग गर्दै पीडितहरुले मुख्य मन्त्रीको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन ।
२०७२ साल वैशाखमा निर्माण सुरु भएको जडार कोइरालकोट सडकका कारण बस्ती जोखिममा परेको थियो । सडक निर्माण गर्ने क्रममा आएको पहिरोले ८ घर पूर्ण रुपमा भत्काएको थियो भने २५ परिवारको करिब ६० रोपनी जग्गा र त्यसमा लगाएको बालिनालि समेत पुरेको थियो । यसै पहिरोले यस बस्तीको लागि निर्माण गरेको २ करोड बराबरको खानेपानी र सिंचाई योजना समेत पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । त्यसलगत्तै २०७३ सालमा त्यसै गाउँको सिरानीमा जडार कोइरालकोट सडकभन्दा करिब ५० मिटर जति तल अर्काे पानकोट पौडी सडक निमार्ण सुरु भए पछि पहिरोको खतरा झन बढेको हो ।
पिडितहरुको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले तत्कालका लागि पहिरो रोक्ने उपाय अपनाउनका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।
उहाँले आफू स्वयं बझाङ पुगेर स्थलगत निरीक्षण गरेपछि बस्ती पुनस्र्थापनाको लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group