ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्पन पुस्तक सार्वजनिक, बाबुराम भट्टराईले के भने ?


admin
१० बैशाख २०७५, सोमबार   ४ : ४७   बजे

काठमाडौं, १० वैशाख । पूर्व प्रधानमन्त्री तथा नया शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले पुननिर्माणको काम स्थानीय तहलाई जिम्मा दिएमा छिट्टै सम्पन्न हुने बताउनुभएको छ ।

पत्रकार किशोर पन्थीले लेखेको कम्पन पुस्तकको आज राजधानीमा विमोचन गर्दै संयोजक भट्टराईले भूकम्पपछिको पुर्ननिर्माणमा स्थानीय तहलाई नै सक्रिय बनाउनुपर्ने बताउनुभयो । उहाले दान भनेको विना शर्त दिइने रकम भएको भन्दै तत्काल एकमुष्ट रुपमा राहात रकम पीडितलाई दिनुपर्ने बताउनुभयो । भूकम्पको तिन वर्षसम्म पनि पुर्ननिर्माणले गति लिन नसक्नुमा सारोकारवालाले गल्ती स्विकार गर्दै काममा लाग्नुपर्ने भट्टराईको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सोचेजस्तो पुर्ननिर्माण नभएको बताउनुभयो । नेता नेपालले मानविय सम्वेदनशिलतामा सुुरुका दिनमा जसरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिष्य स्तरबाट चासो भएपनि त्यो अनुरुप कामले गति नलिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री द्धय नेपाल र भट्टराईले पुस्तकले घटनामा देखे भोगेका वास्तविक भोगाईको सचित्र व्याख्या भएको बताउनुभयो । कार्यक्रममा पत्रकार पन्थीको कम्पन पुस्तक माथि समिक्षा गर्दै वास्तविक जीवनको जिवन्त अनुभूति समेटिएको वक्ताले बताएका छन् । पुस्तकको समिक्षा बरिष्ठ पत्रकार किशोर नेपाल र प्राध्यापक डाक्टर खग्रेन्द लुइ“टेलले पुस्तक सरल र सहज भाषामा लेखिएको भन्दै यसले भूकम्पको बारेमा सत्य तथ्य विषय जानकारी गराउन सक्ष्ँम भएको टिप्पणी गर्नुभयो ।

२२० पृष्ठको कम्पन पुस्तकमा महाभूकम्पपछिको आर्तनाद र आशालाई समेटिएको छ । पुस्तकमा भूकम्पपछिको उद्दार, राहात, पुर्नस्थापना तथा घाइतेहरुको वास्तविक भोगाइलाई समेटिएको छ । पुस्तकमा आफ्ना आफन्त, परिवार र आवास गुमाएर पनि बाचेकाहरुको सेवामा सहयोगी भावनाले काम गरिएका कथा व्यथालाई समेटिएको छ । अर्कोतिर राहात वितरणा भएको अनियमितता र आवास पुर्ननिर्माण गर्ने आश्वासन दिएर पनि नगरिएको विषयलाई समेत प्रष्टसग समेटिएको छ । अझै कम्पन पुस्तकमा सुरक्षाकर्मीले प्रकृतिक प्रकोपमा गरेको उद्दारलाई निकै महत्व दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group