ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ३ मा लोगो र पोशाक निर्धारण 


admin
११ बैशाख २०७५, मंगलबार   ७ : २५   बजे

हेटौँडा, ११ वैशाख । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले देश र प्रदेशको विकासका लागि विभाजित नभई अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कोइरालाले आपसी एकता र समझदारी कायम गर्दै विकास र समृद्धिको चरणमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

भूकम्प गएको तीन वर्ष भइसक्दा पनि ३० प्रतिशत भूकम्पपीडितले मात्रै आंशिक अनुदान पाएको भन्दै उहाँले उनीहरुलाई यथाशीघ्र छानामुनि ल्याउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रदेश नं ३ को शीघ्र विकासका लागि यस प्रदेशलाई महत्वपूर्ण सुरुङमार्गमार्फत छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टीकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेको बस्तीको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीति लागू गरी भूमिको व्यवस्थापनलगायतका कार्यक्रम लागू गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले प्रदेश विकासको व्यवस्थित अवधारणा अघि सार्ने बताउनुभयो ।

मंगलबार नै बसेको दोस्रो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश प्रमुखको सम्बोधनको प्रति टेबुल गर्नुभयो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले प्रदेश प्रमुख कोइरालाप्रति धन्यवाद प्रस्ताव राख्नुभएको थियो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सदस्यको मर्यादाक्रम प्रतिनिधि र राष्ट्रिय सभापछि हुने भनी मन्त्रिपरिषद् बैठकले गरेको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

प्रदेशसभा बैठक वैशाख १३ गतेसम्म ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रदेश नं ३ को लोगो र पोशाक निर्धारण 

प्रदेश नं ३ को बैठकले संसद्का लागि पोशाक र लोगोको निर्धारण गरेको छ ।

सोमबार सभामुख श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संसद्का लागि पोशाक र लोगो निर्धारण गरेको हो । निर्धारण गरिएको लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्दिर र स्वयम्भूको आँखा अंकित चित्र रहेको छ ।

पोशाकमा कालो कोट, कालो जुत्ता, सेतो रङको दौरा सुरुवाल राखिएको छ । विशेष समारोहमा खैरो कोटसमेत लगाउनुपर्ने सभामुख श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी महिलाले आफ्नो वेशभूषाअनुसारको पहिरन लगाउन पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group